बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धादिङवेशीमा एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प, १७५ भन्दा बढी सवारीसाधन सहभागी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १८ २०८२
धादिङवेशीमा एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प, १७५ भन्दा बढी सवारीसाधन सहभागी

काठमाडौं- एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले धादिङवेशीमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ।

२५ देखि २७ जनवरीसम्म सृष्टि मोटर्स प्रालिमा आयोजना गरिएको उक्त सर्भिस क्याम्पमा १७५ वटाभन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिएको थियो। क्याम्पले सो क्षेत्रमा ब्रान्डप्रतिको विश्वास र उपस्थितिलाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ।

कार्यक्रममा एसएमएल महिन्द्रा इन्डियाका सर्भिस इन्जिनियर मनोज सैनी र एसएमएल इसुजु नेपालका सेल्स तथा आफ्टर सेल्स हेड सञ्जय खड्कासहित अन्य अनुभवी सर्भिस टोलीको उपस्थिति थियो।

निःशुल्क सर्भिसिङका साथै इन्जिनियर तथा मेकानिकहरूले ग्राहक सचेतना कार्यक्रम सञ्चालन गर्दै सवारीसाधनको उचित मर्मत-सम्भार, महत्त्वपूर्ण पार्टपुर्जाको हेरचाह तथा सवारीसाधनलाई दीर्घकालीन रूपमा राम्रो अवस्थामा राख्ने उपायबारे जानकारीसमेत प्रदान गरेका थिए।

एसएमएल इसुजु प्रयोगकर्ताको व्यवसायलाई सुरक्षित, भरपर्दो र निरन्तर अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उत्कृष्ट बिक्रीपछिको सेवा, ग्राहक सन्तुष्टि तथा दीर्घकालीन विश्वास निर्माणप्रति आफूहरू प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।


प्रकाशित : आइतबार, माघ १८ २०८२१२:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend