काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेका छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा झरेको छ। गएको शुक्रबार ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १८ हजार ८ सय रुपैयाँले घटेको हो।
गएको साता बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
यस्तै आज आइतबार चाँदी प्रतितोला ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। गएको शुक्रबार प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घटेको हो।
गएको साता बिहीबार चाँदीको मूल्य अहिलेसम्मकै उच्च ७ हजार ५ सय ५ रुपैयाँ रहेको थियो।
