बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्पपत्र लेखिनेछ' : विनोद चौधरी

शुक्रबार, माघ १६ २०८२
'बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्पपत्र लेखिनेछ' : विनोद चौधरी

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) - १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन्।

काठमाडौं- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) - १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन्।

बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गरेका हुन।

चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए।

 गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ।

यसैका लागि उनले अनलाइन लिंक (https://www.binodformp.com/suggestions) सार्वजनिक गर्दै क्षेत्रबासीलाई आफ्ना योजना र मागहरू पठाउन आग्रह गरे।

Binod Chaudhary.jpg

नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको 'साझा संकल्पपत्र' हुने चौधरीले उल्लेख गरेका छन्। २ मिनेट समय निकालेर फारम भर्न र यो विजय यात्रामा सहभागी हुन उम्मेदवार चौधरीले सबैलाई अपिल पनि गरेका छन्।

 


प्रकाशित : शुक्रबार, माघ १६ २०८२१७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend