बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

उच्च बिन्दुबाट एकैदिन २० हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार, माघ १६ २०८२
उच्च बिन्दुबाट एकैदिन २० हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार चाँदीको मूल्य प्रतितोला ७ हजार ६५ रुपैयाँ रहेको छ। बिहीबार चाँदीको मूल्य अहिलेसम्मकै उच्च ७ हजार ५ सय ५ रुपैयाँ रहेको थियो।

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेका छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ रहेको छ। बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। गएको बुधबार सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ नै रहेको थियो। 

यस्तै आज शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ सय ४० रुपैयाँले घटेर ७ हजार ६५ रुपैयाँमा झरेको छ। बिहीबार चाँदीको मूल्य अहिलेसम्मकै उच्च ७ हजार ५ सय ५ रुपैयाँ रहेको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५ सय ३७ र त्यति नै परिमाणको चाँदी १ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित : शुक्रबार, माघ १६ २०८२११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend