बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'२०४४ सम्म भारत तथा दक्षिण एसियालाई ३ हजार ३ सय नयाँ जहाज आवश्यक'

शुक्रबार, माघ १६ २०८२
'२०४४ सम्म भारत तथा दक्षिण एसियालाई ३ हजार ३ सय नयाँ जहाज आवश्यक'

बोइङको यो प्रक्षेपणले आगामी दुई दशकमा दक्षिण एसियाली देशहरू (नेपाल, बंगलादेश, श्रीलंका, पकिस्तान)ले पनि भारतको यो वृद्धिको फाइदा उठाउँदै आफ्नो हवाई सञ्जाल विस्तार गर्नुपर्ने वा गर्ने अवसर सृजना हुनेछ।

काठमाडौं- सन् २०४४ सम्म भारत तथा दक्षिण एसियाली बजारलाई ठूलो संख्यामा नयाँ विमान आवश्यक पर्ने देखिएको छ।

अमेरिकी विमान निर्माता कम्पनी बोइङले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०४४ सम्ममा दक्षिण एसियाली बजारलाई ३ हजार ३ सय नयाँ जहाज चाहिने देखिएको हो।  

बोइङले हालै सार्वजनिक गरेको पछिल्लो कमर्सियल मार्केट आउटलुक अनुसार आगामी २० वर्षमा दक्षिण एसियाली क्षेत्र त्यसमा पनि विशेष गरी भारत विश्वकै प्रमुख उड्डयन केन्द्र बन्ने देखिएको छ। बढ्दो जनसंख्या र मध्यमवर्गीयहरुको संख्या बढ्दै गएकाले भारत र दक्षिण एसियाली बजारमा सबैभन्दा धेरै नयाँ विमानको माग बढ्ने देखिएको बोइङको भनाइ छ। 

बोइङको माग अनुमानमा आधारित तथ्यांकीय विश्लेषण अनुसार सन् २०४४ सम्ममा भारत र दक्षिण एसियाली क्षेत्रलाई कुल ३ हजार २ सय ९० नयाँ व्यावसायिक विमान आवश्यक पर्नेछ। यसमध्य २९ सयभन्दा बढी आन्तरिक र छोटो दुरीका, लामो दुरीका अन्तर्राष्ट्रिय उडानका लागि वाइडबडी करिब ३ सय वटा र बाँकी कार्गाे विमान हुने छन्। 

भारत तथा दक्षिण एसियाली बजारमा मध्यम वर्गको विस्तारसँगै हवाई यात्रा गर्ने विलासिता नभइ आवश्यकता हुँदै जाने देखिएको छ। त्यस्तै भारत सरकारको ‘उडान’ लगायत योजनाले साना सहरहरूमा विमानस्थल निर्माण र सञ्चालनलाई तीव्रता दिएको छ। 

यसका साथै एयर इन्डिया र इन्डिगोले पहिले नै करिब १ हजारभन्दा बढी विमानको अर्डर गरिसकेका छन्। जसले बोइङ र एयरबस दुवैलाई उत्साहित बनाएको छ। भारतीय विमान कम्पनीहरुको ठूलो संख्यामा विमान अर्डर गरेको र थप्दै जाने योजना बनाएका छन्। 

विमानको माग बढेसँगै जनशक्ति र मर्मतसम्भारको चुनौती पनि बढ्ने बोइङको भनाइ छ। बोइङले प्रक्षेपण गरेको छ कि यस क्षेत्रलाई हजारौँको संख्यामा नयाँ पाइलट, प्राविधिक र क्याबिन क्रु आवश्यक पर्नेछ।

भारतलाई दक्षिण एसियाको ममर्तसम्भार हब बनाउनुपर्ने दबाबसमेत बोइङ तथा एयसबस माथि पर्ने छ। जसले गर्दा भारतबाट डलर बाहिरिनबाट जोगिनेछ। हवाई ट्राफिकमा वृद्धि हुने अनुमान बोइङको छ। दक्षिण एसियाको हवाई ट्राफिक वार्षिक ८ प्रतिशतभन्दा बढीको दरले बढ्नेछ। 

यो विश्वको औसत वृद्धिदर (करिब ४–५ प्रतिशत) भन्दा निकै उच्च हो। यसले दक्षिण एसियालाई विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको हवाई बजार प्रमाणित गर्नेछ। 

बोइङको यो प्रक्षेपणले आगामी दुई दशकमा दक्षिण एसियाली देशहरू (नेपाल, बंगलादेश, श्रीलंका, पकिस्तान)ले पनि भारतको यो वृद्धिको फाइदा उठाउँदै आफ्नो हवाई सञ्जाल विस्तार गर्नुपर्ने वा गर्ने अवसर सृजना हुनेछ। विमानको संख्या बढेसँगै प्रतिस्पर्धा बढ्ने र हवाई भाडामा उपभोक्तालाई राहत मिल्न अनुमान गरिएको छ।


प्रकाशित : शुक्रबार, माघ १६ २०८२११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend