काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपमार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ। यससँगै अब बैंकका मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै सम्पन्न गर्न सक्नेछन्।
ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले आईपीओ म्यानेजमेण्ट सेक्सनमा गई आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि ग्राहकलाई तुरुन्तै सीआरएन नम्बर प्राप्त हुने बैंकले जनाएको छ। त्यसपछि ग्राहकहरूले आईपीओहरू खुला हुने समयमा एपमार्फत नै आवेदन दिन सक्नेछन्।
साथै ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूलाई यस एपको माध्यमबाट कुनै पनि कम्पनीको आईपीओ खुल्ला हुनेबारे जानकारी पनि प्राप्त हुनेछ। यस सेवाले ग्राहकलाई आईपीओ आवेदन प्रक्रियामा अन्य माध्यम प्रयोग गर्न नपर्ने तथा अत्यधिक सहजता र समयको बचत गर्ने सुविधा उपलब्ध गराएको छ।
यसका साथै ग्लोबल स्मार्ट प्लस एपमा लाइभ मार्केट सुविधा पनि उपलब्ध गराइएको छ जसले ग्राहकलाई सेकेन्डरी बजारमा भएको सबै कारोबारको रियल टाइम अपडेट प्रदान गर्नेछ। यस सुविधामा ग्राहकहरूले नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, वाचलिस्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्ट लगायतका विभिन्न लगानीका अवसरहरूको जानकारी प्राप्त गर्न सक्नेछन्।
लाइभ मार्केट सुविधामार्फत ग्राहकहरूले दोस्रो बजारको सम्पूर्ण जानकारी पाउनेछन् र यसले व्यक्तिगत सेयर लगानी ट्र्याक गर्ने अवसर प्रदान गर्दछ। ग्राहकहरूले खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरेर आफ्नो सेयरको मूल्य र नाफा-घाटा रियल टाइममा ट्र्याक गर्न सक्छन्। क्यालकुलेटरको प्रयोगले सेयर किन्ने वा बेच्ने निर्णयमा सही हिसाबकिताब गर्न मद्दत पुर्याउँछ, जुन लगानीको योजना बनाउँदा सहयोगी बन्नेछ।
वाचलिस्ट सुविधाले लगानीकर्ताहरूलाई आफ्नो रोजाइका सेयरहरूको सूची बनाउने अवसर दिन्छ जसको माध्यमबाट उनीहरूले आफ्नो लगानी निर्णयअघि मूल्य परिवर्तन र बजारको ट्रेन्ड निगरानी गर्न सक्छन्। स्टक कम्प्यारिजन सुविधाले ग्राहकलाई सेयरका मूल्य ट्रेन्ड र अन्य सूचकांकहरूको आधारमा तुलनात्मक विश्लेषण प्रस्तुत गर्दछ जसले लगानी निर्णयमा थप सन्दर्भ प्रदान गर्दछ।
यससँगै ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूलाई दोस्रो बजारको सम्पूर्ण जानकारी प्राप्त गर्ने अवसर प्राप्त भएको छ, जसले उनीहरूलाई स्मार्टफोन प्रयोग गरेर सेयर बजारका गतिविधिहरू ट्र्याक र विश्लेषण गर्नका लागि सुविधाजनक र डिजिटल माध्यम उपलब्ध गराउँछ।
ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक-फरक विधामा सम्मानित भएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।
ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा-सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ।
