बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीजीले सार्वजनिक गर्‍यो विश्वकप क्रिकेट योजनाको तेस्रो चरणको विजेता

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १५ २०८२
सीजीले सार्वजनिक गर्‍यो विश्वकप क्रिकेट योजनाको तेस्रो चरणको विजेता

काठमाडौं- इलेक्ट्रोनिक्स ब्रान्ड सीजी ब्रान्डले 'सीजीको साथमा, वर्ल्डकप टिकट हातमा : ह्यासट्याग लेभल अप विथ सीजी' योजनाअन्तर्गत तेस्रो चरणको विजेता सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी-२० पुरुष विश्वकपलाई लक्ष्य गर्दै ल्याइएको योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा तेस्रो चरणको भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

तेस्रो चरणको डिजिटल गोलाप्रथामार्फत काठमाडौंका सुवर्ण खरेल बम्पर उपहार विजेता बनेका छन्। 

काठमाडौंको नारायणस्थानस्थित गणेशचोक बस्ने खरेलले सीजी डिजिटल वसुन्धराबाट सीजी ब्रान्डको वासिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएका छन्। 

कम्पनीका विजेता खरेलेले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। यस भ्रमण प्याकेजमा काठमाडौं-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। 

साथै मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी-२० पुरुष विश्वकपअन्तर्गत नेपाली टोलीको एक खेलको टिकटसमेत समावेश गरिएको छ।

कम्पनीले योजना अझै जारी रहेको रआगामी दिनमा थप विजेताहरू घोषणा गरिने जनाएको छ। इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सीजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट तथा सीजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सामान खरिद योजनामा सहभागिता जनाउन सक्नेछन्। 

योजनामा सहभागिताका लागि सीजीका उत्पादन खरिद गरी अंग्रेजी अक्षरमा सीजी स्पेस वारेन्टी कार्ड नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगाना टाइप गरी ३१००३ मा एसएमएस पठाउनुपर्ने छ। 


प्रकाशित : बिहीबार , माघ १५ २०८२१५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend