बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एकैदिन २० हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुन र चाँदीको मूल्यमा लगातार कीर्तिमान

बिहीबार , माघ १५ २०८२
एकैदिन २० हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आज बिहीबार चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च हो।

काठमाडौं- सुनको मूल्य आज बिहीबार एकैदिन २० हजार ५ सय रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो अहिलेसम्मकै उच्च मूल्य हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च हो। 

बुधबार ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २ सय ५ रुपैयाँले बढेको हो। 

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५ सय ६० र त्यति नै परिमाणको चाँदी १ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , माघ १५ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend