बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

९ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदीमा पनि रेकर्ड

बुधबार, माघ १४ २०८२
९ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदीमा पनि रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार चाँदी ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो अहिलेसम्मकै उच्च मूल्य हो। 

मंगलबार ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार चाँदी ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च हो। 

मंगलबार ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार प्रतितोला ४ सय ३० रुपैयाँले बढेको हो।


प्रकाशित : बुधबार, माघ १४ २०८२११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend