बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कांग्रेसको घोषणापत्रमा ‘भिजन-१०’, सुशासन र विकासलाई प्राथमिकता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १३ २०८२
कांग्रेसको घोषणापत्रमा ‘भिजन-१०’, सुशासन र विकासलाई प्राथमिकता

काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन-१०’ समेटिने भएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यfवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताए। 

प्रवक्ता चालिसेले  कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिने बताए। 'घोषणापत्रमा स्रोत व्यवस्थापनका उपायहरू पनि समेटिन्छन्,' उनले भने।

हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला-जिल्लाबाट सुझाव संकलन गरिरहेको चालिसेले जानकारी दिए। स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उनको भनाइ छ।

'कांग्रेसले गर्न सक्ने क्षमता, व्यावहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,' प्रवक्ता चालिसेले भने, 'यो घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्नेछ।'

कांग्रेसको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधन गर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्ने उनले बताए। घोषणापत्रमार्फत स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने तयारी रहेको उनले बताए। 


प्रकाशित : मंगलबार, माघ १३ २०८२१६:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend