काठमाडौं- सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो अहिलेसम्मकै उच्च मूल्य हो।
सुनको मूल्य सोमबार ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेकोमा आज मंगलबार ३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार चाँदीको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च भएको छ। आज चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज मंगलबार १ सय ५ रुपैयाँले बढेको हो।
