काठमाडौं- सौर्य ऊर्जा कम्पनी पियोर इनर्जी लिमिटेडले बाँकेका ३ वटा विद्यालयमा अध्ययनरत ७ सय ९७ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय चमकदापुरका १ सय ८५, पशुपति मावि घियागाउँका ३ सय २ र नेपाल राष्ट्रिय मावि पिडारीका ३ सय १० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो। विद्यार्थीहरूलाई स्कुल ब्याग, स्टेशनरी, पाठ्यपुस्तक र कर्नर लाइब्रेरी प्रदान गरिएको छ।
सो अवसरमा पियोर इनर्जीका प्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावक र विद्यार्थीको सहभागिता थियो।
पियोर इनर्जीले बाँकेमा १०-१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि व्यापारिक उत्पादन गरिरहेका छन्। गोल्याण ग्रुपअन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने सोलार कम्पनी हो।
