बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'अनर एक्स नाइन डी'को प्रि-बुकिङमा 'दिपल एस जिरो फाइभ' कार जित्ने मौका

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १२ २०८२
'अनर एक्स नाइन डी'को प्रि-बुकिङमा 'दिपल एस जिरो फाइभ' कार जित्ने मौका

काठमाडौं- चिनियाँ स्मार्टफोन कम्पनी अनरले नेपालमा आफ्नो नयाँ स्मार्टफोन 'अनर एक्स नाइन डी' सार्वजनिक गरेको छ। अनरको यस सेग्मेन्टमा प्रयोगकर्ताको अपेक्षालाई नयाँ स्तरमा पुर्‍याउने क्षमता रहेको कम्पनीको दाबी छ। 

'अनर एक्स नाइन डी'मा २ दशमलव ५ मिटर ड्रप रेसिस्टेन्स, 'आईपी सिक्स नाइन के' रेटिङ, लामो समयसम्म चल्ने ८ हजार ३ सय एमएएच क्षमताको ब्याट्री र १ सय ८ मेगापिक्सेलको उच्च रेजोलुसनसहितको क्यामराजस्ता विशेषता समावेश छन्। 

यो स्मार्टफोन ८ जीबी र्‍याम प्लस २५६ जीबी स्टोरेज र १२ जीबी र्‍याम प्लस २५६ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ। ८ जीबी र्‍याम प्लस २५६ जीबी स्टोरेजको फोनको मूल्य ५४ हजार ९ सय ९९ रुपैयाँ तथा  १२ जीबी र्‍याम प्लस २५६ जीबी स्टोरेजको फोनको मूल्य ५९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। 

स्मार्टफोन लञ्च गरिएकोफ अवसरमा अनरले ग्राहकहरूका लागि आकर्षक प्रि-किङ अफरसमेत सार्वजनिक गरेको छ। यही जनवरी २३ देखि सुरु भएको प्रि-बुकिङ जनवरी २८ सम्म जारी रहनेछ, जसअन्तर्गत प्रारम्भिक ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्न सक्नेछन्।

अफरअन्तर्गत प्रि-बुकिङ गर्ने ग्राहकहरूले १५ हजार ९ सय ९९ रुपैयाँबराबरको 'अनर च्वाइस वाच २ प्रो' निःशुल्क प्राप्त गर्नेछन्। साथै २० हजार रुपैयाँबराबरको १ वर्षे सेवा-सुविधा पनि उपलब्ध गराइनेछ, जसमा स्क्रीन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट तथा पानीबाट हुने क्षतिको मर्मत समावेश रहेको कम्पनीले जनाएको छ।

प्रि-बुकिङ अफरको मुख्य आकर्षण भने 'दिपल एस जिरो फाइभ' कार हो।  अफरअन्तर्गत एक जना भाग्यशाली प्रि-बुकिङ ग्राहकले ५८ लाख ९९ हजार ९ सय ९९ रुपैयाँबराबरको नयाँ 'दिपल एस जिरो फाइभ' कार जित्ने अवसर पाउनेछन्। 

ग्राहकहरूले नजिकको अनर आउटलेट वा आधिकारिक रिटेल स्टोरमा गई 'अनर एक्स नाइन डी' प्रि-बुक गर्न सक्नेछन्। 


प्रकाशित : सोमबार, माघ १२ २०८२१६:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend