शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले सम्हाले जिम्मेवारी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १२ २०८२
सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले सम्हाले जिम्मेवारी

काठमाडौं- सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले पदभार ग्रहण गरेका छन्।

बैंकको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार सीईओमा नियुक्त भएका आचार्यले आज सोमबार पदभार ग्रहण गरेका हुन्।

२१ वर्षदेखि सानिमा बैंकमा कार्यरत आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको जयपुरस्थित एमएनआईटीबाट इन्जिनियरिङमा स्नातक हासिल गर‍ेका छन्। 

प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नुअघि उनी बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए। सानिमा बैंकमा आफ्नो सेवाकालका दौरान उनले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरेका छन्।

उनको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्यांकन, डिजिटलाइजेसन तथा परियोजना वित्त छन्। उनले सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रूपमा काम गरेका थिए। 

बैंकिङ क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ। यस्तै उनले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका थिए।


प्रकाशित : सोमबार, माघ १२ २०८२१५:२४
  • सम्बन्धित विषय:

  • # सानिमा बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend