बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

सोमबार, माघ १२ २०८२
नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

आज सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च हो।

काठमाडौं- सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो अहिलेसम्मकै उच्च मूल्य हो। 

सुनको मूल्य आइतबार २ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको थियो। आज सोमबार मूल्य ५ हजार २ सय रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च हो। 

हिजो आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, माघ १२ २०८२११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend