बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोरोनापछि पहिलो पटक कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ९ हजार ६ सय ५४ जना लैजाने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ३० २०७८
कोरोनापछि पहिलो पटक कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ९ हजार ६ सय ५४ जना लैजाने

काठमाडौं- कोरोना महामारीपछि पहिलोपटक कामदार छनोटका लागि कोरियन भाषा परीक्षा हुने भएको छ। कोरियन भाषा परीक्षा (ईपीएस)का लागि आवेदन माग गरिएको छ। कोरोनासँगै रोकिएको प्रक्रिया पुनः सुरु हुन लागेको हो। 

ईपीएस शाखाले बैशाख २६ गते पहिलो चरणको परीक्षा र दोस्रो चरणमा जेठ २४ गतेका लागि आवेदन माग गरेको छ। कृषि र पशुपालन क्षेत्रका लागि बैशाख २६ र जेठ २४ गते परीक्षा हुने छ। त्यस्तै उत्सादन मुलका लागि असार २० र भदौ १६, सीप परीक्षणका लागि बैशाख २६ र जेठ १३ गते लगायतमा आवेदन माग गरिएको छ।

भाषा परीक्षा पास गर्ने मध्येबाट ९ हजार ६ सय  ५४ जना कोरिया रोजगारीमा जान पाउने छन्। जसमा उत्पादनमुलक क्षेत्रमा ६ हजार ९ सय १३ र कृषि क्षेत्रमा २ हजार ७ सय ४१ जनाले कोरिया जान पाउने छन्।                                                           

IMG_20220314_074614.jpg
                                                                                           
IMG_20220314_074542.jpg
undefined


प्रकाशित : सोमबार, फागुन ३० २०७८०२:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend