बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्वतमा ८ वर्षमा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ११ २०८२
पर्वतमा ८ वर्षमा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

पर्वत- बितेको ८ वर्षमा जिल्लामा २ सय ४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएको छ। यो अवधिमा चिसापानी-हुवास-त्रिवेणी-वहाकी-रानीपानी-बर्राचौर २३ किलोमिटर, अर्मादी-खुर्कोट-बनौ सडक १२ किलोमिटर,  पातीचौर-देउपुर- भुकदेउराली १२ किलोमिटर, डिमुवा-तिलाहार-राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएको हो।

पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला-कटुवाचौपारी-मुडिकुवा-फलेवास-ढिक १४ किलोमिटर, हिमालय-विपाङ-नुवार-खनियाँघाट ८ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन्। साथै सोही अवधिमा मोटर सञ्चालन गर्न मिल्ने २४ वटा पक्की पुल निर्माण भएका छन्। रासस


प्रकाशित : आइतबार, माघ ११ २०८२१३:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend