काठमाडौं- टीसीएल नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी-२० विश्वकपलाई लक्ष्य गर्दै सञ्चालन गरेको क्याम्पेनअन्तर्गत तेस्रो चरणको विजेता घोषणा गरेको छ।
कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता क्याम्पेनको तेस्रो चरणको विजेता सार्वजनिक गरेको हो। देशभर लागू गरिएको 'नेपालको शान, मुम्बईको मैदान' अभियानअन्तर्गत तेस्रो चरणको भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार तेस्रो चरणमा प्रीति ओली विजेता चयन भएकी छिन्। उनले गौरव सप्लायर्स तुलसीपुरबाट टीसीएलको वाशिङ मेसिन खरिद गरी अभियानमा सहभागिता जनाएकी थिइन्।
विजेता ओलीले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियम मा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछिन्। यात्राको हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च टीसीएल नेपालले नै व्यहोर्ने छ।
कम्पनीका अनुसार यो क्याम्पेनसँगै उपभोक्ताका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराइएको छ। टीसीएल एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा दिइएको छ भने ४३ इन्च तथा सोभन्दा माथिका टीसीएल टेलिभिजन खरिदमा नेटटीभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन पनि उपलब्ध गराइएको छ।
यस्तै नागरिकता आधारमा ईएमआई सुविधा र पुरानो सामान साटेर नयाँ किन्न सकिने एक्सचेञ्ज अफरसमेत लागू गरिएको कम्पनीले जनाएको छ।
क्याम्पेनमा सहभागी हुनका लागि टीसीएलका निर्दिष्ट उत्पादन खरिद गरी एसएमएस पठाउनुपर्ने छ। त्यसका लागि अंग्रेजी अक्षरमा टीसीएल स्पेस वारेन्टी कार्ड नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगना टाइप गरी ३१००३ मा एसएमएस पठाउनुपर्ने छ।
सीमित अवधिका लागि लागू गरिएको योजनामा अझै पनि आगामी चरणका विजेता बन्ने अवसर बाँकी छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक विक्रेताबाट टीसीएलका उत्पादन खरिद गरी समयमै एसएमएस पठाउन आग्रह गरेको छ।
सीजी इलेक्ट्रोनिक्सअन्तर्गत नेपालमा वितरण हुँदै आएको टीसीएल ब्रान्डले टेलिभिजन, वाशिङ मेसिन तथा एयर कन्डिसनर जस्ता उत्पादन बिक्री गर्दै आएको छ।
