बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

क्यारी ब्रान्डको ईभी भ्यान किन्न रिलायन्स फाइनान्सले वित्तीय सेवा प्रदान गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ १० २०८२
क्यारी ब्रान्डको ईभी भ्यान किन्न रिलायन्स फाइनान्सले वित्तीय सेवा प्रदान गर्ने

काठमाडौं- क्यारी ब्रान्डका विद्युतीय भ्यानमा वित्तीय समाधान प्रदान गर्न एलएक्सजी मोटर्स र रिलायन्स फाइनान्स लिमिटेडले सम्झौता गरेका छन्।

क्यारी ईभीको नेपालका लागि आधिकारिक वितरक एलएक्सजी मोटर्स प्रालिका जितेन्द्रलाल कर्ण र रिलायन्स फाइनान्स लिमिटेडका सीईओ समाजप्रकाश श्रेष्ठले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार क्यारी ब्रान्डका विद्युतीय भ्यान किन्न चाहने ग्राहकहरूका लागि रिलायन्स फाइनान्सले सुविधाजनक वित्तीय समाधान प्रदान गर्नेछ। समझदारीको मुख्य उद्देश्य क्यारी ब्रान्डका केभान १ र केभान २ भ्यान खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय समाधान उपलब्ध गराउनु रहेको बताइएको छ।

यी विद्युतीय भ्यानहरूमा ५३.५८ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा ३०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। साथै यी ईभीमा पीएमएसएम मोटर प्रणाली, एबीएस तथा अन्य सुरक्षा सुविधाहरू उपलब्ध गराइएको छ।


प्रकाशित : शनिबार, माघ १० २०८२१५:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend