बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेद्‍वारी

शुक्रबार, माघ ९ २०८२
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेद्‍वारी

हिमाली जिल्ला मनाङमा नेपाल कम्युनिष्ट पार्टी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ-आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन्।

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले उम्मेद्‍वारी फिर्ता लिएका छन्। सामाजिक सञ्जालमा भिडियो सन्देश राख्दै उनले आफू निरन्तर जनताको सेवामा लागिरहने बताएका छन्।

उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए  गोरखा-२ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार छन्।

यस्तै हिमाली जिल्ला मनाङमा नेपाल कम्युनिष्ट पार्टी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ-आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन्। एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन्।

उम्मेदवारी फिर्ताको पत्र दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए। अब कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा भएको छ। कांग्रेसले टेकबहादुर गुरुङ र नेपाली कम्युनिष्ट पार्टीले यशोदा सुवेदी गुरुङलाई उम्मेदवार बनाएको छ।


प्रकाशित : शुक्रबार, माघ ९ २०८२१३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend