बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता, बीमित र अभिकर्तालाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ९ २०८२
एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता, बीमित र अभिकर्तालाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड

सूर्यज्योति लाइफ र एनआईसी एशिया बैंकबीच भएको एक सम्झौता बमोजिम बीमित र अभिकर्ताले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड पाउने भएका हुन्।

काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडका बीमित र बीमा अभिकर्ताहरूलाई एनआईसी एशिया बैंक लिमिटेडले जीवनभरका लागि निःशुल्क क्रेडिट कार्ड दिने भएको छ।

सूर्यज्योति लाइफ र एनआईसी एशिया बैंकबीच भएको एक सम्झौता बमोजिम बीमित र अभिकर्ताले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड पाउने भएका हुन्।

सम्झौतापत्रमा सूर्यज्योति लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्री र एनआईसी एशिया बैंकका तर्फबाट पनि सीईओ सुजित कुमार शाक्यले हस्ताक्षर गरेका हुन्। 

यो सम्झौताबाट सूर्यज्योति लाइफका बीमिति र बीमा अभिकर्ताहरूलाई वार्षिक शुल्क विनै क्रेडिट कार्ड प्राप्त गर्न अवसर मिल्ने कम्पनीले जनाएको छ। अर्थात् बैंकको क्रेडिट कार्ड प्रयोग गरे बापत वर्षैपिच्छे शुल्क तिर्न नपर्ने र यो जीवनरका लागि लागू रहने बताएको छ।

यसबाट आकस्मिक वित्तीय आवश्कता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधाहरू उपयोग गर्न सहज बनाउने विश्वास कम्पनीले लिएको छ। ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरको प्रयास स्वरूप बैंकले चालेको यस कदमबाट सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई प्रत्यक्ष फाइदा पुग्नुका साथै क्रेडिट कार्डको माध्यमबाट डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने बैंकले विश्वास लिएको छ।


प्रकाशित : शुक्रबार, माघ ९ २०८२११:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend