बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तीन लाख रुपैयाँभन्दा माथि पुग्यो सुनको मूल्य, चाँदी ६ हजार रुपैयाँमाथि

शुक्रबार, माघ ९ २०८२
तीन लाख रुपैयाँभन्दा माथि पुग्यो सुनको मूल्य, चाँदी ६ हजार रुपैयाँमाथि

शुक्रबार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो।

काठमाडौं- सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार २ सय र चाँदी ३ सय २० रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ। जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो। सुनमा यसअघिको उच्च मूल्य गएको बुधबार प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ थियो। 

यस्तै आज शुक्रबार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो। चाँदीको यसअघिको उच्च मूल्य गएको बुधबार प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९ सय ६० र त्यति नै परिमाणको चाँदी ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित : शुक्रबार, माघ ९ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend