काठमाडौं- सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरिफायरले सञ्चालन गरेको विशेष उपभोक्ता योजनाअन्तर्गत कैलालीको अत्तरिया बस्ने लक्ष्मी भट्टराई भाग्यशाली विजेता घोषणा भएकी छिन्।
योजनाअनुसार केन्ट आरओ प्युरिफायर खरिद गर्ने उपभोक्तामध्येबाट लक्की ड्रमार्फत छनोट भएकी भट्टराईले ४ रात ५ दिनको मुम्बई यात्रासहित विश्वकप क्रिकेटमा नेपालको खेल प्रत्यक्ष रूपमा हेर्ने अवसर प्राप्त गरेकी हुन्।
केन्ट आरओ प्युरिफायर आफ्नो अत्याधुनिक प्रविधि, उच्च गुणस्तर र शुद्धताका लागि विश्वभर परिचित ब्रान्ड हो। नेपालमा यसको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स हो।
