काठमाडौं- नेपालमा एसएमएल इसुजु ब्रान्डका कमर्सियल सवारी साधनहरूको आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र रिलायन्स फाइनान्स लिमिटेडबीच कमर्सियल सवारी साधन किन्न चाहने ग्राहकहरूका लागि सुविधाजनक वित्तीय समाधान प्रदान गर्ने सामझदारी भएको छ।
सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र लक्ष्मी कमर्सियल भेहिकल्सका प्रबन्धक जितेन्द्रलाल कर्णले हस्ताक्षर गरेका हुन्।
समझदारीको उद्देश्य एसएमएल इसुजु ब्रान्डका ट्रक, टिपर, सार्वजनिक बस, स्कुल बस र विशेष उद्देश्यका सवारी साधनहरूमा सुविधाजनक वित्तीय समाधान उपलब्ध गराउनु रहेको सम्बन्धित कम्पनीले जनाएका छन्।
ग्राहकको प्रारम्भिक छनोट लक्ष्मी कमर्सियल भेहिकल्सका वितरक र डिलरहरूले गर्नेछन् र नजिकको रिलायन्स फाइनान्सको शाखाबाट अधिकतम ५ वर्ष अवधिको मासिक किस्ता (ईएमआई) प्रणालीमा ऋण सेवा उपलब्ध हुनेछ ।
लक्ष्मी कमर्सियल भेहिकल्सले गुणस्तरीय, भरपर्दो र नेपाली सडक तथा व्यवासायिक आवश्यकताअनुकूल सवारी साधन उपलब्ध गराउँदै आएको छ। कम्पनीले आफ्नो थ्री एस (बिक्री, सेवा, स्पेयर पार्ट्स) प्रणालीका लागि काठमाडौंको गुर्जुधारामा मुख्य कार्यालय स्थापना गर्दै ७ वटै प्रदेश तथा सबै ठूला सहरमा सेवा उपलब्ध गराउँदै आएको छ।
