बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कीर्तिमानी बिन्दुबाट घट्यो सुनचाँदीको मूल्य

बिहीबार , माघ ८ २०८२
कीर्तिमानी बिन्दुबाट घट्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९२ हजार २ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ८ सय ७० रुपैयाँ कायम भएको छ।

काठमाडौं- नेपाली बजारमा हिजो बुधबार अहिलेसम्मकै उच्च रकममा कारोबार भएको सुनचाँदीको मूल्य आज बिहीबार भने घटेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला  २ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९२ हजार २ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ८ सय ७० रुपैयाँ कायम भएको छ। 

बुधबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार १ सय र त्यति नै  परिमाणको चाँदीको मूल्य ५ हजार ९ सय २० कायम भएको थियो। नेपाली बजारमा सुनचाँदीको यो मूल्य हालसम्मकै उच्च हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६ सय ९५ र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 


प्रकाशित : बिहीबार , माघ ८ २०८२११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend