बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१ खर्ब ३ अर्ब रुपैयाँको लागतमा डोल्पामा ३ सय २८ मेगावाट क्षमताको भारबुंग जलाशययुक्त आयोजना निर्माण हुँदै

बुधबार, माघ ७ २०८२
१ खर्ब ३ अर्ब रुपैयाँको लागतमा डोल्पामा ३ सय २८ मेगावाट क्षमताको भारबुंग जलाशययुक्त आयोजना निर्माण हुँदै

तातु खोलाको प्रणालीका लागि छार्का ताङसोङ गाउँपालिका वडा नम्बर ४ मा ३ मिटर अग्लो वेयर, इन्टेक,  १ हजार ३ सय ४७ मिटर लम्बाइको हेडरेस सुरुङ तथा  सतही विद्युतगृह निर्माण गरिने भएको छ।

काठमाडौं- कर्णाली प्रदेशको डोल्पामा १ खर्ब रुपैयाँभन्दा बढीको लागतमा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ।

डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिकामा ३ सय २८ मेगावाट क्षमताको आयोजना निर्माण हुन लागेको हो। आयोजनाको लागत १ अर्ब ३ अर्ब ३१ करोड ९ लाख १ सय ३८ रुपैयाँ अनुमान गरिएको छ।

प्राप्त प्रतिवेदनअनुसार यस आयोजनाअन्तर्गत भारबुंग नदीमा निर्माण हुने जलाशयबाट ३ सय २५ मेगावाट र तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी ३.१० मेगावाट गरी दुईवटा प्रणालीमार्फत विद्युत उत्पादन हुनेछ।

आयोजनाबाट डोल्पाको छार्का ताङसोङ वडा नम्बर ४ र ५ तथा काइके गाउँपालिकाको वडा नम्बर १ प्रभावित हुनेछन्। आयोजनाअन्तर्गतको भारबुंग जलाशय प्रणालीका लागि छार्का ताङसोङ गाउँपालिका वडा नम्बर ४ मा १ सय ६९ मिटर अग्लो बाँध, ७ सय ६६  दशमवल १ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक, १६ किलोमिटर लम्बाइको हेडरेस सुरुङ निर्माण हुनेछ।

यसैगरी  काइके गाउँपालिका वडा नम्बर १ मा भूमिगत विद्युतगृह र पानी निकास नहर निर्माण हुने रायसुझावका लागि सार्वजनिक भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

त्यस्तै तातु खोलाको प्रणालीका लागि छार्का ताङसोङ गाउँपालिका वडा नम्बर ४ मा ३ मिटर अग्लो वेयर, इन्टेक,  १ हजार ३ सय ४७ मिटर लम्बाइको हेडरेस सुरुङ तथा  सतही विद्युतगृह निर्माण गरिने भएको छ।

तातु खोलाबाट फर्काइएको पानीलाई भारबुंग नदीमा निर्माण हुने जलाशयमा छोडिनेछ। आयोजनाका दुबै प्रणालीबाट वार्षिक ९ सय ३३ सय १९५ गिगावाट विद्युत उत्पादन हुनेछ।

प्रस्तावित आयोजनाका लागि जग्गा खरिदमा ३ खर्ब रुपैयाँ हाराहारी खर्च हुनेछ। आयोजना हिमाली क्षेत्रमा भएका कारण महँगो हुने भएको छ। प्रतिमेगावाट लागत नै २८ करोड ५० लाख रुपैयाँ हुने अनुमान गरिएको छ।


प्रकाशित : बुधबार, माघ ७ २०८२१४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend