बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एकैदिन १० हजार ४ सय रुपैयाँले बढेर सुन अहिलेसम्मकै महँगो, चाँदीको मूल्य पनि उच्च

बुधबार, माघ ७ २०८२
एकैदिन १० हजार ४ सय रुपैयाँले बढेर सुन अहिलेसम्मकै महँगो, चाँदीको मूल्य पनि उच्च

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७० रुपैयाँले बढेर ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेको छ।

काठमाडौं- एकैदिन १० हजार ४ सय रुपैयाँले बढेर नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो भएको छ।

मंगलबार २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ७ सय रुपैयाँको उच्च बिन्दुमा पुगेको सुन आज बुधबार १० हजार ४ सय रुपैयाँले बढेर २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ। जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७० रुपैयाँले बढेर ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेको छ। आज बुधबार चाँदी ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। 

बढ्दै गएको भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षा र वित्तीय बजारमा छिटोछिटो भइरहेको परिवर्तनका कारण सुनको मूल्य निरन्तर बढिरहेको छ।

पछिल्लो समय संसारका धेरै मुलुककले अमेरिकी डलरप्रतिको विश्वसनीयतामा पनि प्रश्न उठाउन थालेका छन्। डलरप्रतिको अविश्वासले गर्दा धेरै केन्द्रीय बैंकले सुनको खरिद बढाउन थालेका छन्। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय ४० र चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, माघ ७ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend