बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनएमबी बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ६ २०८२
एनएमबी बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं- एनएमबी बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक गरेको छ।

बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै 'प्लाटिनम डेबिट डिलाइट' र 'प्लाटिनम डेबिट' कार्ड सार्वजनिक गरेको हो। यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले लिएको छ।

नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै विमानस्थलहरूमा लाउन्ज सुविधा पाउनेछन्। विशेषगरी धेरै यात्रा गर्ने र बैंकिङ सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि 'प्लाटिनम डेबिट डिलाइट' कार्ड निकै उपयोगी हुने देखिन्छ।

यस कार्डमार्फत ग्राहकहरूले नेपालभरका कुनै पनि बैंकको एटिएमबाट निःशुल्क नगद झिक्न सक्ने छन् भने भारतमा नगद झिक्दा समेत विशेष सहुलियत पाउने छन्। 

यी नयाँ कार्डहरूबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले आफ्नो नजिकैको एनएमबी बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने छन्।

एनएमबी बैंकले हाल देशभर रहेका २०२ शाखा, १८४ एटीएम र ९ वटा एक्स्टेन्सन काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई भरपर्दो वित्तीय सेवा दिँदै आएको छ।


प्रकाशित : मंगलबार, माघ ६ २०८२१६:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend