काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका सबै १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ८६१ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्।
निर्वाचन आयोगका अनुसार उत्साहपूर्वक ती निर्वाचन क्षेत्रमा मनोनयन भइरहेको छ। आजै अपराह्न ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने छ।
भोलि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्ने र माघ ८ गते साँझ ७ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ। माघ ९ गते बिहान १० देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्।
यही माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ। रासस
