बुटवल- मल्टिब्रान्ड इलेक्ट्रोनिक्स रिटेल चेन सीजी डिजिटलले रुपन्देहीको बुटवलस्थित आदर्शनगर (ट्राफिक चोक, पाल्पा रोड) मा आफ्नो २८ औँ शोरुम सञ्चालनमा ल्याएको छ। सोनाम ल्होसारको अवसर पारेर सञ्चालनमा ल्याइएको शोरुमको एक समारोहबीच उद्घाटन गरिएको छ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्षहरिप्रसाद अर्याल, उद्योग व्यापार संघका अध्यक्ष लोकनाथ पन्थी र कम्पनीका महाप्रबन्धक वसन्त पालले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका हुन्।
यस शोरुममा ग्राहकहरूले विश्वस्तरीय र भरपर्दो ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरू एकै छानामुनि पाउनेछन्। यहाँ एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, गोड्रेज, बेको, माइडिया, सेन्सेई, केन्ट, एलिका, ब्ल्याक प्लस डेकर, क्रम्प्टन, बर्लीजस्ता प्रसिद्ध ब्राण्डका घरायसी उपकरणहरू उपलब्ध छन्। साथै ग्याजेटप्रेमीहरूका लागि आईफोन, नथिङ, सीएमएफ, मोटोरोला र एआई प्लसका पछिल्ला उत्पादनहरूसमेत प्रदर्शनमा राखिएका छन्।
सीजी डिजिटलले बुटवलबासी ग्राहकहरूका लागि प्रिमियम सेवाहरू उपलब्ध गराउने घोषणा गरेको छ।
ग्राहककेन्द्रित विशेष सेवा तथा सुविधाहरू-
नि:शुल्क डेलिभरी र जडान : खरिद गरिएका सामानहरू सुरक्षित रूपमा घरसम्म पुर्याउने र दक्ष प्राविधिकद्वारा नि:शुल्क जडान गरिदिने।
शून्य प्रतिशत ब्याजमा ईएमआई : ग्राहकले कुनै पनि अतिरिक्त ब्याजबिना सरल किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने तथा नागरिकताको आधारमै किस्ताबन्दीमा सामान लैजान सकिने व्यवस्थासमेत उपलब्ध गराएको छ।
एक्सचेन्ज सुविधा : पुराना इलेक्ट्रोनिक्स सामानसँग नयाँ सामान साट्न सकिने विशेष व्यवस्था।
लोयल्टी प्रोग्राम : पुराना र नियमित ग्राहकहरूका लागि विशेष रिवार्ड र सहुलियत।
नि:शुल्क प्रिभेन्टिभ मेन्टेनेन्स : सामानको आयु र कार्यक्षमता बढाउन समय-समयमा गरिने नि:शुल्क प्राविधिक जाँच।
उद्घाटन विशेष अफर-
शोरुम उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष अफरहरू सार्वजनिक गरिएको छ।
२५ प्रतिशतसम्मको नगद छुट : अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५ प्रतिशतसम्म छुटको व्यवस्था।
निश्चित उपहार : प्रत्येक ठूला सामान खरिदमा ग्राहकहरूले आकर्षक उपहारहरू प्राप्त गर्नेछन्।
