बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलद्वारा राजीनामा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ ५ २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलद्वारा राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। आज उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन्।

मन्त्री खरेलले आफ्नो राजीनामा पत्रमा वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदान जानुअघि पदबाट राजीनामा दिने निर्णय लिएको उल्लेख गरेका छन्।

'वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्षमा अब दलीय राजनीतिमार्फत सक्रिय एवं उत्तरदायी भूमिका निर्वाह गर्न वाञ्छनीय निष्कर्षमा पुगेको छु। अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन मैले पदबाट राजीनामा दिने निर्णय लिएको छु', राजीनामा पत्रमा भनिएको छ।


प्रकाशित : सोमबार, माघ ५ २०८२१८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend