काठमाडौं- जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सेइले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनअन्तर्गतको विजेता सार्वजनिक गरेको छ।
उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको यस अभियानअन्तर्गत भाग्यशाली विजेता सुर्खेत निवासी दिवस खत्री छनोट भएका छन्। उनले कौशल इन्टरप्राइजेज सुर्खेतबाट सेन्सेइ ब्रान्डको वाशिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएका थिए।
यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रासहित वानखेडे स्टेडियममा नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च सेन्सेइ नेपालले नै व्यहोर्ने छ।
सेन्सेइ नेपालका अनुसार क्याम्पेनसँगै उपभोक्ताका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराइएको छ। कम्पनीका अनुसार फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क, सेमि-अटोमेटिक वाशिङ मेसिन खरिदमा विद्युतीय किट्ली उपहार तथा ४३ इन्च तथा सोभन्दा माथिका सेन्सेइ टेलिभिजन खरिदमा नेटटीभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन सुविधा प्रदान गरिएको छ।
सीमित अवधिका लागि सञ्चालन गरिएको यस योजनामा अझै पनि सहभागी भई आगामी चरणका विजेता बन्ने अवसर बाँकी रहेको सेन्सेइ नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक विक्रेताबाट सेन्सेइका उत्पादन खरिद गरी समयमै सहभागिता जनाउन आग्रह गरेको छ।
योजनामा सहभागितका लागि अंग्रेजी अक्षरमा सेन्सेइ स्पेस वारेन्टी कार्ड नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगाना लेखी ३१००३ मा एसएमएस पठाउनुपर्ने छ।
क्याम्पेनअन्तर्गत उपभोक्तालाई नागरिकताको आधारमा सरल ईएमआई सुविधा तथा पुरानो सामान साटेर नयाँ किन्न सकिने एक्सचेन्ज अफर पनि उपलब्ध गराइएको छ, जसले गुणस्तरीय घरेलु उपकरण सजिलै उपलब्ध गराउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।
