काठमाडौं- आइतबार प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ४ हजार २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। यसअघिको उच्च मूल्य गएको साता बुधबार प्रतितोला २ लाख ७८ हजार रुपैयाँ थियो।
आइतबार प्रतितोला ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज सोमबार १ सय ८५ रुपैयाँले बढेको छ।
आज चाँदी प्रतितोला ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो। चाँदीमा यसअघिको उच्च मूल्य गएको साता बुधबार ५ हजार ६ सय ५५ रुपैयाँ थियो।
