बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीजी ब्रान्डको 'वर्ल्डकप योजना' अन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ४ २०८२
सीजी ब्रान्डको 'वर्ल्डकप योजना' अन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक

काठमाडौं-  इलेक्ट्रोनिक्स ब्रान्ड सीजी ब्रान्डले  'सीजीको साथमा, वर्ल्डकप टिकट हातमा - ह्यासट्या लेभल अप विथ सीजी' योजनाअन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी-२० पुरुष विश्वकपलाई लक्ष्य गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा दोस्रो चरणका लागि दुई जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

दोस्रो चरणमा कैलालीका आकाश कुँवर र रुपन्देहीका मन्दीप पोख्रेल विजेता बनेका छन्। कैलालीको धनगढी निवासी कुँवरले धनगढीस्थित न्यु मनिषा इलेक्ट्रोनिक्स एण्ड सप्लायर्सबाट सीजी ब्रान्डको म्युजिक सिस्टम किनेर योजनामा सहभागिता जनाएका थिए। 

यस्तै रुपन्देहीको तिलोत्तमा  पोख्रेलले भलबारीस्थित भुवन इलेक्ट्रिकल्सबाट सीजी ब्रान्डको ४३ इन्चको टेलिभिजन खरिद गरेका थिए। 

कम्पनीका अनुसार दुवै विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। यस भ्रमण प्याकेजमा काठमाडौं-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। 

साथै मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी-२० पुरुष विश्वकपअन्तर्गत नेपाली टोलीको एक खेलको टिकटसमेत समावेश गरिएको छ।

कम्पनीले योजना अझै जारी रहेको रआगामी दिनमा थप विजेताहरू घोषणा गरिने जनाएको छ। इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सीजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट तथा सीजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सामान खरिद योजना सहभागिता जनाउन सक्नेछन्। 

योजनामा सहभागिताका लागि सीजीका उत्पादन खरिद गरी अंग्रेजी अक्षरमा सीजी स्पेस वारेन्टी कार्ड नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगाना टाइप गरी ३१००३ मा एसएमएस पठाउनुपर्ने छ। 

 


प्रकाशित : आइतबार, माघ ४ २०८२१६:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend