बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागु हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ४ २०८२
निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागु हुँदै

आचारसंहिताबारे आजै आयोगका पदाधिकारीहरुले मन्त्रिपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी गराउने कार्यक्रम छ।

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आइतबार मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुने भएको छ।

निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाइ लागु गरेको उनले बताए।

आचारसंहिताबारे आजै आयोगका पदाधिकारीहरुले मन्त्रिपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी गराउने कार्यक्रम छ। रासस


प्रकाशित : आइतबार, माघ ४ २०८२१६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend