काठमाडौं- काठमाडौं महागनरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार दिउँसो उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन्। आजैदेखि लागू हुने गरी उनको राजीनामा आएको हो।
बालेन आगामी फागुन २१ मा हुने तय भएको प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन्। सोहीअनुसार उनी केहीघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएका छन्।
रास्वापले उनलाई पार्टीको वरिष्ठ नेता बनाएको छ। साथै रास्वपfले उनलाई भावी प्रधानमन्त्रीको रूपमा समेत अघि सारेको छ।
बालने आजै रास्वपा केन्द्रीय कार्यालय जाने कार्यक्रम छ।
