काठमाडौं- गएको शुक्रबार प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार २ लाख ७७ हजार ८ सय रुपैयाँ पुगेको छ।
शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो। गएको बुधबार सुन अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। गएको साता बुधबार चाँदी अहिलेसम्मकै उच्च ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
