बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीजी ब्रान्डले सार्वजनिक गर्‍यो  एसडीएतर्फको 'वर्ल्डकप योजना' अन्तर्गत दोस्रो चरणको विजेता

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ ३ २०८२
सीजी ब्रान्डले सार्वजनिक गर्‍यो  एसडीएतर्फको 'वर्ल्डकप योजना' अन्तर्गत दोस्रो चरणको विजेता


काठमाडौं- इलेक्ट्रोनिक्स ब्रान्ड 'सीजी ब्रान्ड'ले आफ्ना साना घरायसी उपकरणहरू (एसडीए) का लागि सञ्चालित 'सीजीको साथमा, वर्ल्डकप टिकट हातमा - ह्यास्ट्रिक लेभल अप विथ सीजी' योजनाअन्तर्गत दोस्रो चरणको  विजेता सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी-२० पुरुष विश्वकपलाई लक्ष्य गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा साना घरायसी उपकरणतर्फ दोस्रो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

दोस्रो चरणको डिजिटल गोलाप्रथामार्फत रत्ननगर-१, चितवन निवासी अरबिन श्रेष्ठ विजेता बनेका छन्। श्रेष्ठले चितवनको सौराहा चोक, टाँड स्थित टाँडी गिफ्ट कर्नर बाट सीजी ब्रान्डको ग्यास चुल्हो खरिद गरी योजनामा सहभागिता जनाएका थिए। 
 
कम्पनीका अनुसार विजेता श्रेष्ठले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। भ्रमण प्याकेजमा काठमाडौं-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी-२० पुरुष विश्वकपअन्तर्गत नेपाली टोलीको एक खेलको टिकटसमेत समावेश गरिएको छ।

योजना अझै जारी रहेकाले सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सीजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट तथा सीजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सीजीका साना घरायसी उपकरण खरिद गरी एसएमएस पठाउन सक्नेछन्।

सीजीका उपकरण खरिदपछि अंग्रेजी अक्षरमा सीजीएसडीए स्पेस सिरियल नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगाना टाइप गरी ३१००३ मा एसएमएस पठाएर योजनामा सहभागिता जनाउन सकिनेछ। 


प्रकाशित : शनिबार, माघ ३ २०८२१६:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend