बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २ २०८२
कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण

बैंकको सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले श्री कोपिला माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी तथा ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरे।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सुर्खेतमार्फत वीरेन्द्रनगर नगरपालिका-९ पर्सेनीमा अवस्थित श्री कोपिला माध्यमिक विद्यालयलाई कुर्सी र न्यानो कपडा वितरण गरेको छ।

बैंकको सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले श्री कोपिला माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी तथा ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरे। 

बैंकका सुर्खेत शाखा प्रमुख आचार्यले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सो कार्यक्रम श्री कोपिला माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा गरिब विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसरी जाडोयाममा कुर्सी तथा न्यानो कपडा वितरण भएकोमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको जीवनमा न्यानोपन, सुरक्षा तथा आत्मबल थपिने विश्वास प्रधानाध्यापक उपाध्यायले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरेका छन्। उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, श्री कोपिला माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

 


प्रकाशित : शुक्रबार, माघ २ २०८२१७:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend