बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २ २०८२
कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ३०० भन्दा बढीले स्वास्थ्य परीक्षण गरेका छन्।

काठमाडौं- कामना सेवा विकास बैंकले माघे संक्रान्तिको अवसरमा धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

उक्त स्वास्थ्य शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो।

भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ३०० भन्दा बढीले स्वास्थ्य परीक्षण गरेका छन्।

कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रहेका व्यक्तिलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्‍याउनु, स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्नु तथा रोकथाम गर्न रहेको बैंकले जनाएको छ।

सहभागीहरूलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझावहरू बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. अनिल बाबु रेग्मी, भरतपुर अस्पतालका डा. इन्द्र पण्डित र डा. सुशान्त लामिछानेले प्रदान गरेका थिए।

नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारीले यस्ता स्वास्थ्य शिविरले समुदायको स्वास्थ्य स्तर सुधार गर्न र स्वास्थ्य सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे। आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा सञ्चालन गरिने उनले बताए।


प्रकाशित : शुक्रबार, माघ २ २०८२१७:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend