काठमाडौं- सीजी ब्रान्डले तिहारको अवसरमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा जित प्रतियोगिता’का विजेता स्वयम्भू निवासी सोयशा श्रेष्ठलाई सिजी मेरिडिया साउन्ड बार प्रदान गरेको छ।
उक्त ध्वनि प्रणालीले उच्च गुणस्तरीय ध्वनि र उत्कृष्ट सांगीतिक अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
विजेता सोयशा श्रेष्ठले खुसी व्यक्त गर्दै भनिन्, ‘सीजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगितामा विजेता बन्न पाउँदा म अत्यन्तै उत्साहित र खुसी छु।सीजी मेरिडिया साउन्ड बार पाउनु मेरो लागि विशेष क्षेण हो। यस अवसरका लागि म सीजी टिमप्रति आभारी छु।
तिहारको उल्लास र घर-आँगन सजाउने रंगोलीको कलात्मक सुन्दरतालाई डिजिटल माध्यमबाट साझा गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागीहरूले पठाएका रंगोलीका तस्बिरहरूले नेपाली मौलिक कला, संस्कृति र चाडपर्वको जीवन्त झल्को प्रस्तुत गरेका थिए। विजेतालाई उक्त उपहार सीजी ब्रान्ड (गृह प्रयोजनका उपकरण)का प्रतिनिधि भरतप्रसाद साहले हस्तान्तरण गरेका थिए।
चार दशकभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौँ नेपाली परिवारको विश्वास जित्दै आएको छ।
