काठमाडौं- बिहीबार प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार २ लाख ७७ हजार २ सय रुपैयाँ पुगेको छ।
बिहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो। त्यसअघि बुधबार सुन अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार ५ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ। गएको बुधबार चाँदी अहिलेसम्मकै उच्च ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६ सय १५ र त्यति नै परिमाणको चाँदी ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
