सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

बिजनेस न्युजका उत्तमप्रसाद काप्री पुरस्कृत

बिहीबार , माघ १ २०८२
बिजनेस न्युजका उत्तमप्रसाद काप्री पुरस्कृत

कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धनको क्षेत्रमा लेख तथा समाचारको माध्यमबाट उल्लेखनीय योगदान गरेको भन्दै चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पुरस्कृत।

काठमाडौं- कृषि विभागअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा बिजनेस न्युजका उत्तमप्रसाद काप्री पुरस्कृत भएका छन्। 

कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धनको क्षेत्रमा लेख तथा समाचारको माध्यमबाट उल्लेखनीय योगदान गरेको भन्दै केन्द्रले चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८२ को अवसरमा काप्रीलाई नगद पुरस्कार र कदरपत्र प्रदान गरेको हो। 

काप्रीले एक दशकदेखि आर्थिक पत्रकारितामा रहेर समाचार लेख्दै आएका छन्। उनले यसअघि सेतोपाटी, अनलाइनखबर, अन्नपूर्ण पोष्ट, नेपाल लाइभलगायत सञ्चार माध्यममा समेत काम गरेका थिए।


प्रकाशित : बिहीबार , माघ १ २०८२१७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend