बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्यटकीय गन्तव्य बन्दै रसुवा, ५ महिनामा ३२ हजार ६ सय ७२ पर्यटकले गरे भ्रमण

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १ २०८२
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ५ महिनामा ३२ हजार ६ सय ७२ पर्यटकले गरे भ्रमण

रसुवा- हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६ सय ७२ पर्यटकले भ्रमण गरेका छन्। ऐतिहासिक एवं धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवं सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ।

लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना आन्तरिक एवं बाह्य पर्यटकले निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको भ्रमण गरेका हुन्।

यसमा ५ हजार ८ सय ८४ विदेशी र २६ हजार ७ सय ८७ पर्यटक छन्। चालु आर्थिक वर्षमा यो संख्या ५० हजार पुग्ने अपेक्षा गरिएको छ। गत आर्थिक वर्षमा करिब ४४ हजार पर्यटकले रसुवा भ्रमण गरेको निकुञ्जले जनाएको छ।

निकुञ्ज क्षेत्र घुम्न आउने विदेशी पर्यटकलाई रु तीन हजार र नेपालीलाई १ सय रुपैयाँका दरले प्रवेश शुल्क लाग्ने व्यवस्था रहेको स्पष्ट गर्दै निकुञ्जका अभिलेखकर्ता केशव ढडारीले पछिल्लो छ महिनामा २ करोड ३९ लाख ८८ हजार ६ सय ६० रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए। 

काठमाडौं उपत्यकाबाट नजिक रहेको हिमाली जिल्ला रसुवा घुम्न आउने पर्यटकको संख्या वृद्धि भएसँगै विशेषगरी गोसाइँकुण्ड तथा लाङटाङ र स्याफ्रु क्षेत्रमा चहलपहल बढी स्थानीय होटल व्यवसायी, किसान, कामदारसहित समग्रपक्ष लाभान्वित भएको जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन्। रासस


प्रकाशित : बिहीबार , माघ १ २०८२१३:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend