काठमाडौं- बुधबार अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार १ हजार ५ सय रुपैयाँले घटेको छ।
नेपाली बजारमा आज बिहीबार सुन २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। गएको मंगलबार १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य बुधबार प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँ रहेको छ। बुधबार अहिलेसम्मकै उच्च ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बिहीबार १ सय ७० रुपैयाँले घटेको हो।
