सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

चाकु : माघे संक्रान्तिको विशेष परिकार

टोखाबाट यसवर्ष पाँच करोड रुपैयाँभन्दा बढी मूल्यबराबरको चाकु बिक्री

बिहीबार , माघ १ २०८२
चाकु : माघे संक्रान्तिको विशेष परिकार

काठमाडौं टोखालगायत क्षेत्रमा चाकुका लागि विशेष मानिने गरिएको छ। टोखामा सादा चाकुसँगै खुवा चाकु र स्पेसल चाकु जस्ता फरक स्वादमा चाकुसमेत पाइने गरिन्छ।

काठमाडौं- देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघ १ देखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन्। 

माघ १ मा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी खाने, दान गर्ने, जलाशयमा गई स्नान गर्ने जस्ता कामलाई धार्मिक/सांस्कृतिक रुपमा राम्रो मानिने गरेको छ।

काठमाडौं टोखालगायत क्षेत्रमा चाकुका लागि विशेष मानिने गरिएको छ। टोखामा सादा चाकुसँगै खुवा चाकु र स्पेसल चाकु जस्ता फरक स्वादमा चाकुसमेत पाइने गरिन्छ।

टोखाबाट यसवर्ष पाँच करोड रुपैयाँभन्दा बढी मूल्यबराबरको चाकु बिक्री भएको छ। टोखाका हाल १८ उद्योगले चाकु, लड्डुलगायत उत्पादन गर्दै आएका छन्। १८ उद्योगमध्ये १० उद्योगले चाकु उत्पादन र बाँकी ८ उद्योगले तिलको लड्डु, भुजाको लड्डुलगायतका परिकार बनाउँदै आएका छन्।

टोखा नगरपालिका-२ र ३ मा चाकु उत्पादन हुँदै आएको छ। यो टोखाको पुरानो बजारसमेत हो। उक्त बजारको नामबाट नगरपालिकाको नामसमेत राखिएको हो। टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्रीका लागि पुर्‍याउने गरिन्छ। टोखामा उत्पादन हुने चाकुले नेपालको करिब ६० प्रतिशत बढी चाकुको माग पूर्ति गर्ने बताइन्छ।

टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठले टोखामा उत्पादित चाकु नेपालसँगै जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा पुग्ने गरेको बताए। टोखामा बर्सेनि पाँच लाख किलो चाकु र लड्डु उत्पादन हुँदै आएको छ। नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती हुने ठाउँका रुपमा चिनिन्छ।

टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भूजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन्। टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष बुद्ध श्रेष्ठले टोखामा सञ्चालित चाकु उद्योगले वार्षिक चाकु र उखुबाट बन्ने परिकार बिक्रीबाट करोेडौँ रुपैँया आम्दानी गर्दै आएको बताए। टोखामा कृष्ण चाकु उद्योग, काशीलाल चाकु उद्योग र न्हुछे चाकु एण्ड तिरौला उद्योग ठूला उद्योग हुन्।

कपिलवस्तुको कृष्णनगरस्थित चन्द्रौटामा रहेको यस वन्त गुण उद्योगबाट सख्खर ल्याएर टोखामा चाकु बनाइँदै आएको छ। धेरै पहिले समयमा टोखामा उखु उत्पादन हुने भए पनि बढ्दो सहरीकरणसँगै यहाँको उखुखेती भने मासिएको छ।

टोखामा उत्पादित सादा चाकुको मूल्य प्रतिकिलो १४०, मसला चाकुको मूल्य प्रतिकिलो १५०, सेतो तिलको लड्डुको मूल्य प्रतिकिलो २३०, कालो तिलको लड्डुको मूल्य प्रतिकिलो २५० निर्धारण गरिएको छ। 

chaku (2).jpg

chaku (2).jpg
chaku (3).jpg
chaku.jpg

chaku 2.jpeg


प्रकाशित : बिहीबार , माघ १ २०८२१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend