बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नयाँ वर्षको अवसरमा टाटाको 'बिग स्विच' अफर

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ३० २०८२
नयाँ वर्षको अवसरमा टाटाको 'बिग स्विच' अफर

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकहरूका लागि 'न्यू इयर बिग स्विच' कार्यक्रम सार्वजनिक गरेको छ। 

जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यस चार दिने विशेष कार्यक्रममार्फत ग्राहकहरूले आफ्ना पुराना जुनसुकै गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारीसाधनहरूमा अपग्रेड गर्ने अवसर प्राप्त गर्नेछन्।

यस 'बिग स्विच' कार्यक्रमको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पुरानो गाडीको 'उत्कृष्ट एक्सचेन्ज मूल्यांकन' उपलब्ध गराउँदै नयाँ सवारीको अनुभव दिलाउनु हो। योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहारहरू प्राप्त गर्नेछन् भने  आकर्षक नगद छुटको सुविधासमेत उपलब्ध गराइएको छ। 

विशेषगरी विद्युतीय सवारी साधन (ईभी) प्रति रुचि राख्ने ग्राहकहरूका लागि कम्पनीले आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सहुलियतहरू प्रदान गरेको छ।

यसका साथै नयाँ गाडी खरिद गर्दा ग्राहकले एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज जस्ता सुविधाहरूसमेत पाउनेछन्।


प्रकाशित : बुधबार, पुस ३० २०८२१८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend