मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्नेको संख्या एक वर्षमा ३ लाख ५३ हजारले बढ्यो

आन्तरिकतर्फ ४५ लाख २५ हजार ३ सय ५२ र अन्तर्राष्ट्रियतर्फ ५२ लाख ५१ हजार ८ सय ९७ यात्रु

बुधबार, पुस ३० २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्नेको संख्या एक वर्षमा ३ लाख ५३ हजारले बढ्यो

काठमाडौं- विश्वभर नै हवाई यात्रा गर्ने यात्रुको संख्या बढ्दो छ। कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पहिलेकै अवस्थामा फर्किसकेको छ। नेपालमा पनि हवाई यात्रुको संख्या निरन्तर बढिरहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको तथ्यांकअनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्ने यात्रुको संख्या ३ लाख ५३ हजार ५ सय ३१ ले बढेको छ।

विमानस्थल कार्यालयले प्राधिकरणलाई उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदा हवाई यात्रा गर्ने यात्रुको संख्या ९७ लाख ७७ हजार २ सय ५६ पुगेको छ। यो अहिलेसम्मकै एकै वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदा हवाई यात्रा गर्नेको संख्या सबैभन्दा बढी हो।

सन् २०२४ मात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्नेको संख्या ९४ लाख २३ हजार ७ सय २५ रहेको थियो।

प्राधिकरणले दिएको तथ्यांकअनुसार सन् २०२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्या ५२ लाख ५१ हजार ८ सय ९७ जना रहेको छ। यो पनि अहिलेसम्मकै बढी हो।

सन् २०२५ मा अन्तर्राष्ट्रियतर्फ ३४ हजार ५ सय ९४ उडान तथा अवतरण भएका छन्। जसमा नेपालबाट विश्वका विभिन्न देशमा हवाई यात्रा गर्नेको संख्या २८ लाख १४ हजार ४ सय ७६ रहेको छ भने विश्वका विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदा नेपाल आउने यात्रुको संख्या २४ लाख ३७ हजार ४ सय २१ रहेको छ।

विमानस्थल कार्यालयका अनुसार सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्या ४९ लाख ६३ हजार ३ सय ६४ रहेको थियो। 

यसैगरी प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदा आन्तरिक हवाई यात्रा गर्नेको संख्या ४५ लाख २५ हजार ३ सय ५९ छ।

प्राधिकरणका अनुसार सन् २०२५ मा आन्तरिकतर्फ १ लाख ३ हजार ५ सय ५१ वटा उडान तथा अवतरण भएका छन्। काठमाडौंबाट बाहिरिने आन्तरिक हवाई यात्रुको संख्या २३ लाख ३२ हजार ४ सय २१ र काठमाडौं भित्रने संख्या २१ लाख ९२ हजार ९ सय ३८ रहेको छ।

यसअघि सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक हवाई यात्रा गर्ने यात्रुको संख्या ४४ लाख ६० हजार ३ सय ६१ रहेको थियो। 


प्रकाशित : बुधबार, पुस ३० २०८२१७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend