बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हिमालयन बैंकको ३३ औँ वार्षिक साधारण सभा सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ३० २०८२
हिमालयन बैंकको ३३ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं- हिमालयन बैंक लिमिटेडको ३३ औँ वार्षिक साधारण सभा आज बुधबार सम्पन्न भएको छ। 

बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा  साधारण सभा सम्पन्न भएको हो।

साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरूसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ। सभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए। 

साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखापरीक्षक सीए रञ्जीव एन्ड एसोसियट्स लाई पुनः नियुक्त गरेको छ।

यसैगरी नियामक निकायको निर्देशनबमोजिम बैंकको पुँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।


प्रकाशित : बुधबार, पुस ३० २०८२१६:५०
  • सम्बन्धित विषय:

  • # हिमालयन बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend