बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ब्ल्याक प्लस डेकरको वर्ल्डकप योजनाअन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ३० २०८२
ब्ल्याक प्लस डेकरको वर्ल्डकप योजनाअन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक


काठमाडौं- विश्वप्रख्यात अमेरिकी ब्रान्ड ब्ल्याक प्लस डेकरले नेपाली  ग्राहकहरूका लागि सञ्चालित 'पावर योर होम' उपहार योजनाअन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी-२० पुरुष विश्वकपलाई लक्ष्य गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा पहिलो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

पहिलो चरणको डिजिटल गोलाप्रथामार्फत काठमाडौंको बुढानीलकण्ठ निवासी नवराज प्रसाईं विजेता बनेका छन्। प्रसाईंले नयाँ बानेश्वरस्थित आर वान इलेक्ट्रोनिक्सबाट ब्ल्याक प्लस डेकरको एयर फ्रायर खरिद गरी यस योजनामा सहभागिता जनाएका थिए।

कम्पनीका अनुसार विजेता प्रसाईंले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। यस भ्रमण प्याकेजमा काठमाडौं-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी-२० पुरुष विश्वकपअन्तर्गत नेपाली टोलीको एक खेलको टिकटसमेत समावेश गरिएको छ।

कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी गराएको छ। योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभरिका सीजी डिजिटल आउटलेटहरू, एलजी शप आउटलेटहरू तथा अन्य आधिकारिक च्यानल पार्टनरहरू वा सीजी डिजिटल डट कम डट एनपीबाट ब्ल्याक प्लस डेकरका उपकरण खरिद गरी एसएमएस पठाउनुपर्नेछ।

यसका लागि अंग्रेजी अक्षरमा बी एन्ड डी स्पेस वारेन्टी कार्ड नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगाना टाइप गरेर ३१००३ मा पठाउनुपर्नेछ।

ब्ल्याक प्लस डेकरले सन् १९१० देखि विश्वव्यापी रूपमा नवप्रवर्तन र गुणस्तरीय उपकरणहरू निर्माण गर्दै आएको छ। नेपालमा यसको आधिकारिक विक्रेता चौधरी ग्रुप (सीजी इलेक्ट्रोनिक्स) हो। 


प्रकाशित : बुधबार, पुस ३० २०८२१५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend